Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौं – नेपाल प्रहरीमा रिक्त एआईजी दरबन्दीमा पर्न डीआईजीहरुको दौडधुप सुरु भएको छ । चारजना एआईजी रिक्त भएपछि डीआईजीहरुको दौडधुप सुरु भएको हो ।प्रहरीका आठजना एआईजीमध्ये चार दरबन्दी रिक्त छ । अहिले बढुवामा पर्न सके आगामी चैतमा आईजीपी बन्ने भएकाले पनि एआईजी बढुवालाई चासोका साथ हेरिएको छ ।

आईजीपी बन्ने भएकाले पनि डीआईजीहरु शक्तिकेन्द्र रिझाउन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले पनि नयाँ सरकार बन्नुअघि नै एआईजी बढुवा गर्ने तयारी गरेको स्रोतले बताएको छ । तर, चुनाव सकिएकाले नयाँ सरकार बनेपछि मात्रै बढुवालगायत काम अगाडि बढाउनु पर्ने दबाब पनि केहीले दिन थालेका छन् ।

आईजीपीका ब्याचीहरु विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी र रवीन्द्रबहादुर धानुकले उमेर हदका कारण अवकाश पाइसकेका छन् । यसबाहेक पूजा सिंहले फागुनमा अवकाश अनिवार्य पाउने छिन् ।एआईजी सहकुल थापा, दिवेश लोहनी र उत्तमराज सुवेदी आईजीपी धीरजप्रतापसिंहसँगै आगामी चैतमा अवकाशमा जानेछन् ।२० जना डीआईजी एआईजी बढुवाको लाइनमा छन् । जसमध्ये तीनजना डीआईजी नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँ आईजीपीका ब्याची हुन् । आईजीपी धिरज प्रताप सिंहले आफ्ना ब्याचका तीनजनालाई नै एआईजी बनाउनुपर्ने बताउँदै आएका छन् । तर, यसबाहेक अरु सबै जुनियर ब्याच अर्थात एकै ब्याचका हुन् ।आईजीपीका ब्याची तीनजना डीआईजी एआईजी बढुवा भए एकजना मात्रै जुनियर ब्याचबाट एआईजी बन्ने अवसर प्राप्त गर्नेछन् । जो हालका आईजीपी ब्याचबाहेकका डीआईजी एआईजी बन्ने छन् उनीहरु नै आगामी चैतमा प्रहरी प्रमुख बन्ने सम्भावना बलियो बन्नेछ ।

एआईजी बढुवाका लागि बसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् । एकै ब्याचका भए पनि उनीहरु फरक–फरक मितिमा डीआईजी बढुवा भएका हुन् । अहिलेकै सत्ता गठबन्धनको सरकार भए आगामी आईजीपी पनि अहिले बढुवा भएकै एआईजीबाट बन्नेछन् । तर, सरकार फरक गठबन्धनको भएमा सरकारले चाहेको अर्को व्यक्ति पनि आईजीपी बन्न सक्ने सम्भावना रहन्छ ।

 

तपाईको प्रतिक्रिया