काठमाडौं – एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घरमा आइतवार बिहान सेतो प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिकभित्र कुकर देखिए पछि उक्त क्षेत्र प्रहरीले सिल गरेको छ। अहिले शंकास्पद वस्तु रहेको घरमा सेनाको डिस्पोजल टोली पुगेको छ।