Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूकाे बैठक शनिबार बस्दैछ। चुनावी नतिजाकाे विषयमा समीक्षा गर्न बैठक बस्न लागेकाे हाे। बैठकमा हालै भएकाे चुनावमा पार्टीलाई भएकाे क्षतिबारे छलफल गर्ने, कारणहरू पहिल्याउने र सरकार गठन रणनीतिबारे छलफल गर्ने याेजना छ। यससँगै केही नेताहरूले पार्टीले बेहाेरेकाे क्षतिकाे बारेमा गम्भीरताका साथ कुरा उठाउने तयारी गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे गलत नीतिका कारण क्षति बेहाेरकाे उनीहरूकाे निष्कर्ष छ।

नाम बताउन नचाहेका ती नेताहरूले प्रचण्डकाे राजीनामा माग्नेसम्मकाे तयारी गरेका छन्। माओवादीभित्र नै कांग्रेससँगकाे सत्तागठबन्धन छोडेर वाम-गठबन्धनका पक्षमा जानुपर्ने मत देखिने प्रवल सम्भावना रहेकाे छ। मंसिर ४ गते सम्पन्न भएकाे चुनावमा माओवादीले प्रत्यक्षतर्फ हालसम्म १७ सिटमात्र जित्न सफल भएकाे छ।

पहिलाे संविधानसभाकाे चुनावमा माओवादीले प्रत्यक्षतर्फ १२० सिट र समानुपातिकतर्फ १०० सिट हाँसिल गरेकाे थियाे। २०७४ सालको निर्वाचनमा आइपुग्दा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट ल्याएको माओवादी यो पटक प्रत्यक्षतर्फ १७ सिटमा खुम्चिएको छ। दोलखामा जारी मतगणनामा माओवादीले अग्रता लिएको छ । समानुपातिकतर्फ पनि माओवादीले जित्ने सिटसंख्या १४ आसपास हुने देखिएकाे छ। माओवादीप्रति जनताकाे भराेसा गुम्दै गइरहेकाले यस्ताे नतिजा आएकाे राजनीतिक विश्लेषकहरू बताउँछन्।

 

तपाईको प्रतिक्रिया