Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

टोकियो – जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव समेत रहेका सो पार्टीका प्रभावशाली एवं वरिष्ठ नेता तोसिहिरो निकाइसंग भेटवार्ता गरेका छन् ।

नेपाल जापान पार्लियामेन्ट लिगका अध्यक्ष समेत रहेका निकाइसंग भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्चस्तरिय भ्रमण आदान प्रदान गर्ने, स्थानीय नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वाधार लगायतको क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै लैजाने लगायतका विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

नेता निकाइसंगको भेटले नेपाल र जापान विचको सम्बन्धमा थप मदत पुगेको अध्यक्ष प्रचण्डले बताएका छन् ।

भेटवार्ताका अवसरमा नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख अम्बिका जोशी, एनआरएनएका पूर्व अध्यक्ष भवन भट्ट, प्रचण्डका स्वकीय सचिव गंगा दाहाल र रमेश मल्ल, जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त र डा. भूपालमान श्रेष्ठ सहभागी थिए । उक्त भेटवार्ता टोकियोस्थित सत्तारुढ दल (एलडिपी) को कार्यालयमा भएको थियो।***

 

तपाईको प्रतिक्रिया