काठमाडौं – टिकटक विश्वमै द्रुत गतिमा फैलिरहेको शर्ट भिडिओ प्लटेफर्म हो । टिकटक एपमा अर्बौं प्रयोगकर्ता जोडिएका छन् । सेन्सर टावरले हालै सार्वजनिक गरेको सन् २०२२ को पहिलो त्रैमासिक प्रतिवेदनले टिकटकको डाउनलोड निरन्तर बढिरहेको देखाएको छ ।
प्रतिवेदन अनुसार सन् २०२२ को पहिलो तीन महिनामा टिकटक सबैभन्दा बढी डाउनलोड हुने एप भएको छ । सन् २०२१ को पहिलो त्रैमाससम्म टिकटकमा साढे तीन अर्ब प्रयोगकर्ता जोडिएका थिए ।
जुन मेटा अन्तर्गतका एप बाहेक यो आँकडा छुने पहिलो एप समेत भएको थियो । त्यतिबेला टिकटक विश्वका सबैभन्दा बढी डाउनलोड भएका एपमध्ये पाँचौ स्थानमा परेको थियो ।
सन् २०२२ को पहिलो त्रैमासिकमा मात्रै टिकटकको डाउनलोड १७ करोड ५० लाखले बढेको छ । यो अवधिमा दोस्रो स्थानमा इन्स्टाग्राम रहेको छ भने तेस्रो स्थानमा फेसबुक रहँदा चौंथो र पाँचौं स्थानमा क्रमशः ह्वाट्सएप र पाँचौ नम्बरमा टेलिग्राम रहेको छ ।