Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

काठमाडौँ – मध्य अफ्रिकी गणतन्त्रले बिट्क्वाइनलाई मुद्राको रुपमा कानूनी मान्यता दिएको छ । यसो गर्ने यो दोस्रो देश बनेको छ । यो विश्वको सबैभन्दा गरिब देशमध्ये पर्दछ । तर उसँग हिरा, सुन र युरेनियम प्रशस्तै छ । दशकौं देखि चलिरहेको युद्धका कारण यो देशको अर्थतन्त्र चौपट भएको छ ।

बुधवार मध्य अफ्रिकी गणतन्त्रका नीतिनिर्माताहरुले बिट्क्वाइनलाई कानूनी मान्यता दिने निर्णयलाई सर्वसम्मत रुपमा पारित गरेका छन् । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष र कयौं अर्थशास्त्रीहरुले  विरोध गरिरहेकै बीचमा एल साल्भाडोर गत वर्ष बिट्क्वाइनलाई कानूनी मान्यता दिने विश्वकै पहिलो देश बनेको थियो ।

बिट्क्वाइन जस्ता क्रिप्टोकरेन्सीहरु सम्पत्ति शुद्धिकरण लगायत गैरकानूनी गतिविधिहरुमा प्रयोग हुने र यसले वित्तीय अस्थीरताको जोखिम बढाउने चिन्तातर्फ पनि विज्ञहरुले औंल्याइरहेका छन् ।

यस्ता मुद्राले ठूलो परिमाणमा बिजुली खपत गर्ने र यसले वातावरणलाइ प्रदूषित बनाउने चिन्ता पनि छ । अहिले मध्य अफ्रिकी गणतन्त्रले फ्रान्स समर्थित सीएफए फ्र्याङकलाई आफ्नो मुद्राको रुपमा प्रयोग गरिरहेको छ ।

बिट्क्वाइन अपनाउनुलाई केहीले सीएफएलाई कमजोर बनाउने प्रयासको रुपमा हेरेका छन् । यो निर्णयप्रति स्थानीयहरुले मिश्रीत प्रतिक्रिया दिइरहेका छन् । केहीले स्मार्टफोनबाटै कारोबार हुने भएकोले सामान किन्न झोला भरी सीएफए फ्रयाङ्क लैजानु पर्ने झन्झट नहुने भन्दै खुसी व्यक्त गरिरहेका छन् ।

केहीले भने बिट्क्वाइन अपनाउनुलाई अपरिपक्व र गैरजिम्मेवारपूर्ण व्यवहार बताइरहेका छन् । सन् १९६० मा स्वतन्त्र भएयता अहिलेसम्म पनि मध्य अफ्रिकी गणतन्त्र द्वन्द्वबाट आक्रान्त छ ।

तर पछिल्लो समय फाउस्तन–आर्काज तोउदेराले राष्ट्रपतिको कार्याभार सम्हालेयता मध्य अफ्रिकी गणतन्त्रले फ्रान्ससँगको साठगाँठ विस्तारै घटाएर रुससँग बढाउने नीति अपनाइरहेको छ ।

तपाईको प्रतिक्रिया