Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

टोकियो – जापानमा हे फिभर(खाफुन्स्यो)को मौसम सुरु भईसकेको छ । जापानी मौसम पूर्वानुमान कम्पनीले जापानको धेरैजसो भागमा खाफुन्स्योको सिजन अप्रिलको मध्यसम्म जारी रहने र होक्काइदोमा भने मे महिनाको सुरुदेखि मध्यसम्ममा चरम सीमामा पुग्ने जानकारी दिएको छ ।

बसन्त सिजन आएसंगै आखा चिलाउने, लगातार हाच्छिऊँ आउने, नाकबाट पानी बग्ने अधिकांसको समस्या बनेको छ ।

के हो खाफुन्स्यो ?
खाफुन्स्यो जापानको ’राष्ट्रिय रोग’ भनेर चिनिन्छ । बसन्त ऋतुमा धेरै जापानीबासीमा नाक र आँखा चिलाउने, हाछ्यु आउने, नाकबाट लगातार पानी बग्ने जस्ता कठिनाई देखा पर्छ । यो एलर्जीको कारण भएको हो जसलाई जापानमा खाफुन्स्यो भनिन्छ । कुनै बाहिरी तत्व हाम्रो शरीरसँग मिल्न सकेन अथवा शरीरले लिन सकेन भने शरीरले एउटा आचरण देखाउँछ । त्यसलाई साधारणतय एलर्जी भनिन्छ । छालामा भयो भने चिलाएर डाबर आउने, नाकमा भयो भने हाच्छिऊँ आउने, श्वास नलीमा भयो भने खोकी र दम हुने र आँखामा भयो भने आँसु आउने हुन्छ ।

त्यस्तै, विशेषगरी धुलो, फूल तथा घाँसपातमा रहेका पराग(पोलेन)का कणले शरीरमा आक्रमण गरेमा शरीरमा प्रतिकुल प्रतिक्रिया आउने गर्छ, जसलाई चिकित्सकीय भाषामा ‘हे फिभर’ र जापानीमा खाफुन्स्यो भनिन्छ । जापानको सन्दर्भमा हेर्दा वसन्त ऋतुमा प्राय: सुगी वा जापानी देवदार र जापानी साइप्रसका रुखका पराग(पोलेन)को कण एलर्जी (खाफुन्स्यो) उतपन्न गर्ने प्रमुख कारकतत्व मानिन्छ । जापानमा वसन्त ऋतुको सुरुसँगै जोखिममा रहेका व्यक्ति यो रोगको चपेटामा आउने गर्छन् । खाफुन्स्यो हुँदा आँखा, नाक चिलाउने, आँखा, नाकबाट पानी बग्ने, हाछ्युँ आउने, घाँटीमा खसखस हुने आदि लक्षण देखापर्छन् । खाफुन्स्यो जापानले झेलिरहेको निकै बिकराल समस्या हो । प्रत्येक वर्ष करिब ३ करोड जनसंख्या यो रोगबाट प्रभावित हुने गर्छन् ।

जापानमा किन यति धेरै मानिसहरू खाफुन्स्योद्वारा पीडित हुन्छन्‌ त ?
जापानमा १९६० को सुरुवातसम्म खाफुन्स्यो असामान्य थियो । दोस्रो विश्वयुद्धको केही समय पछि, पुनरुत्थान नीतिहरूले जापानमा देवदार र जापानी साइप्रस रूखहरूको ठूला जंगल निम्त्यायो । यी वृक्षको काठमा विशेष प्रकारको गंध आउने हुनाले यसमा किरा अथवा धमिरा लाग्न सक्दैन र नरम काठ हुने वर्गमा पर्छन् । जुन निर्माण उद्योगको लागि असाध्यै महत्त्वपूर्ण स्रोत थियो । तर १९७० र १९८०को दशकमा जापानी अर्थतन्त्रको विकास हुँदै जाँदा, सस्तो आयातित निर्माण सामाग्रीले देवदार र जापानी साइप्रसका काठका सामाग्रीको माग घटायो । यसले देवदार र जापानी साइप्रस भएका वनको घनत्व बढ्दै गयो र रूखहरू बढ्दै गए । यी रूखहरू परिपक्व भएपछि, तिनीहरूले ठूलो मात्रामा पराग उत्पादन गर्न थाले । परागको उच्चतम उत्पादन ३० वर्ष र ३० वर्ष भन्दा पुराना रूखहरूमा हुन्छ । १९७०मा, लगभग ५० प्रतिशत देवदारका रुखहरु १० वर्ष भन्दा पुरानो थियो, र २५ प्रतिशत मात्र २० वर्ष भन्दा पुरानो थियो । २००० सम्म, लगभग ८५ प्रतिशत देवदारका रुखहरु २० वर्ष भन्दा पुरानो हुन थाले, र ६० प्रतिशत भन्दा बढी रूखहरू ३० वर्ष भन्दा पुराना । जसले गर्दा जापानमा पराग उत्पादन बढ्‌दै गयो र खाफुन्स्यो सङ्‌क्रमितको संख्या पनि वर्षैपिच्छे बढ्‌दै गयो ।

यसबाहेक, जापानका भूमिको नरम माटो र घाँसे जग्गा सहरीकरणले कंक्रीट र डामरले भरिए । त्यस्ता कडा सतहहरूमा विभिन्न माध्यमबाट आई बसेका परागलाई हावाले सजिलैसँग उडाएर मानिससम्म पुर्‍याउन सक्छ जसकारण सहरीकरण पनि खाफुन्स्यो संक्रमणमा योगदान पुगेको मानिन्छ ।

साथै यहाँका मानिसहरु जीवाणुरहित अप्रेसन कोठामा जन्मन्छन्, जीवाणुरहित खाना खान्छन्, विभिन्‍न थरीका रोगहरू विरुद्ध खोप लिन्छन् र बिरामी भए भने तुरुन्तै एन्टिबायोटिक खाइहान्छन् । त्यसैले बाल्यकालदेखि नै यहाँका मानिसहरुको रोग प्रतिरोधात्मक प्रणाली सजिलै एलर्जी हुने खालको हुन्छ । त्यसैले पनि लगभाग २०-३० प्रतिशत जनसङ्ख्या खाफुन्स्योबाट ग्रसित छन् ।

वसन्त याममा खाफुन्स्योका लक्षणहरूले हैरान पार्ने र दैनिकीमा असहजता निम्त्याउने भएता पनि बैज्ञानिक अनुसन्धानले खाफुन्स्योको सिकार हुँदा शरीरमा लाभ पनि मिल्ने देखाएको छ । अनुसन्धानकर्ताले पोलेनको एलर्जी रियाक्सनको क्रममा, हामीमा नयाँ मेमोरी बनाउन भूमिका खेल्ने दिमागको भाग “हिप्पोक्याम्पस”मा स्यानुको सङ्ख्या बढ्ने दाबी गरेका छन् । सामान्य व्यक्तिमा दिमागको यो भागमा जीवनभर नयाँ स्यानु बनिरहने गर्छ । अनुसन्धान अनुसार खाफुन्स्यो/एलर्जी भइरहँदा यो भागमा स्यानु नयाँ थपिने क्रम अझ तीव्र भएको भेटिएको हो ।

तपाईको प्रतिक्रिया