Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।

युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिनुभएको हो ।

उहाँले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी बढेको बताउनुभएको छ ।

औसतमा अहिले विश्वमा दैनिक ९ लाख बढी नयाँ विरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ । संक्रमणको गतिले यसै पनि थकित भईसकेका स्वास्थ्यकर्मीहरुमाथि थप दबाव बढाएको भन्दै ग्याव्रियसले कतै स्वास्थ्य प्रणालीहरु नै फेल हुने त होइन भन्ने त्रास बढेको बताउनुभयो ।

सङ्क्रमण बढेपछि केही देशमा कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बुस्टर अभियान समेत सुरु भएको छ ।

तपाईको प्रतिक्रिया