टोकियो – कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो । कफीमा ‘क्याफिन’ हुन्छ । क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ भने ठिक्क हुँदा फाइदा ।
एक अनुसन्धानका अनुसार नियमित कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।
यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थियो ।
एनाल्स अफ इन्टरनेल मेडिसिन नामको जर्नमा छापिएको शोधका अनुसार एक कप अतिरित्त कफी पिउनाले कुनै पनि मानसिको आयु लामो हुन सक्छ । भलै यो कफी डिकफिनेटेड किन नहोस् ।
साथै कफीमा हुने एन्टिअक्सिडेन्टले शारीरिक तथा मानसिक तनावलाई कम गर्छ। मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशील तुल्याउँछ ।
नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ । धेरै कृषक कफी खेतीमा संलग्न छन् । नेपालको करिब ५० प्रतिशत कफी जापान, कोरिया, अस्ट्रेलिया, जर्मनी, अमेरिकालगायतका देशहरुमा निर्यात हुने गरेको छ ।