शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो आँखा । त्यसैले आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी हुन्छ । अत्यधिक काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुन्छ । दिनभरि कम्प्युटरमा बस्नेहरूले आँखाका कारण विभिन्न समस्या भोग्नु पर्दछ ।
यस्तोमा यी घरेलु उपचारमार्फत आँखाको तेज बढाउन सकिन्छ ।
- काम गर्दागर्दै आँखालाई केहीबेर आराम दिनु पर्दछ ।
- दुवै हत्केला रगडेर तातो बनाइ आफ्ना आँखा छोप्दा आँखाका मांसपेशीले आराम पाउँछ ।
- गाजर, सुन्तला, मौसम जस्ता भिटामिन ए भरपूर भएका पहेँला फलफूल खाने ।
- दैनिक पैताला र खुट्टाका औँलामा सर्स्युँको तेलले मालिस गर्दा पनि आँखाको तेज बढ्छ ।
- पालुङ्गोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछ ।
- राति सुत्नुअघि दूधमा अलैँची पिसेर अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छ ।