Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

टोकियो – खाना कुनै पनि यात्राको अग्रभाग हो ।

जापानको समाज, संस्कृति, परम्परा, रहनसहन मात्र नभइ जापानी खाना पनि उत्तिकै विविधतापूर्ण छ । जापानको प्रत्येक शहरको आ-आफ्ना रैथाने खाना विशिष्ट छ, चाहे त्यो होक्काइदोको रामेन होस्, चाहे आइचीकेनको मिसो, वा इबाराकीकेनको नात्तो । यहाँका हरेक प्रान्तले अविश्वसनीय भोजन, स्थानीय खाद्य उत्पादन देखि मौसमी फलफूल र तरकारीका कारण मजबूत र स्वतन्त्र पहिचान बनाएका छन् ।

हामी विदेशीका लागी जापानको अनुभवमा डुब्न यहाँको खानाको संस्कृतिको आनन्द लिनु अत्याआवश्यक छ ।

जापानको अन्य ४७ प्रान्त जस्तै टोकियो प्रान्त पनि पाक कलाका लागि चर्चित छ । हामी यस अंकमा टोकियोको शीर्ष तीन प्रसिद्ध खानाको बारेमा वर्णन गर्दैछौं । टोकियोको यी तीन खानाले आफ्नो अलग छाप छाडेको छ ।

१. मोन्जा याकी (もんじゃ焼き) मोन्जा याकी जापानी प्यान-फ्राइड ब्याटरको एक प्रकारको प्यानकेक हो ।  यसलाई अक्सर “मोन्जा” भनिन्छ ।  यो पिठो, पानी, मासु, तरकारी, र चीज जस्ता सामग्री  मिसाएर तातो फलामको भाडामा पकाइन्छ । स्वादिष्ट र सस्तो मूल्यको खानामा पर्ने यो प्यानकेक कान्टो क्षेत्रमा निकै लोकप्रिय छ । टोकियोमा मोन्जा याकी पाइने प्रसस्त रेष्टुरेन्टहरू छन् । तर टोकियो बे स्थित कृत्रिम टापु त्सुकिशिमाले भने  “मोन्जायाकी जिल्ला”को उपनाम नै पाएको छ । यहाँ “मोन्जा स्ट्रिट” छ जहाँ  ७० भन्दा बढी मोन्जायाकी रेस्टुरेन्टहरू छन् ।

२. फुकागावा दोन ( (深川丼) जापानमा धेरै अद्भूत परम्परागकताको दोन (राइस बाउल – कचौरामा भात) छन् जुन दुबै यहाँका बासिन्दा र पर्यटकले मन पराउँछन् । तर टोकियोको लोकल कुलिनरी एक्सपेरियन्समा फुकागावा दोन अत्यन्त प्रसिद्ध छ । फुकागावा दोनलाई जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले सबैभन्दा राम्रो ग्रामीण खाद्य मध्ये एकको रूपमा चयन गरेको थियो । यसको मुख्य सामग्री आसारी (क्लाम-एक प्रकारको घोंघी) र पकाइएको भात हो । फुकागावा दोन जापानी राईस बाउलको साथमा मिसो सूप वा सोया सँस र आसारी राखेर बनाइने परिकार हो । यसलाई निकै स्वस्थकर खाना मानिन्छ।

३. कुसाया (く さ や) टोकियोमा ट्राई गर्नैपर्ने अर्को खानामा स्थानीय कुसाया हो । यो जापानी शैलीको नुनिलो, सुख्खा र किण्वित माछा हो । यसको अलि तिखो गन्ध हुन्छ । त्यसकारण पनि सबै जापानीले कुसाया मन पराउँदैनन् । यद्यपि यो एक पौष्टिक खानामा पर्दछ । कुसाया प्राय: जापानी लोकल रक्सिसँग खाइन्छ । माछाको अनौंठो गन्ध भएता पनि जापानी साके र कुसायाको मिश्रण निक्कै स्वादिष्ट हुन्छ । जापानीहरुले कुसाया धेरै प्रकारको माछाबाट बनाउने गर्दछन् ।

 

तपाईको प्रतिक्रिया