Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले पहिलो पटक आफ्नो विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ । मंगलबार नासाले आफ्नो ‘पार्कर सोलार प्रोब’ विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ ।

नासाले यसलाई ऐतिहासिक क्षण भएको बताएको छ । बीबीसीले उल्लेख गरेअनुसार नासाको विमान सूर्यको वायुमण्डलको ‘कोरोना’ क्षेत्रमा प्रवेश गरेको हो । यो विमान गत अप्रिलमा नै सूर्यको उक्त क्षेत्रमा प्रवेश गरे पनि प्राप्त विवरणहरूको अध्ययनपछि अहिलेसम्म त्यसको पुष्टि भएको हो । नासाले सूर्यको विषयमा थप अध्ययनका लागि यो विमान पठाएको थियो ।

उक्त विमान सूर्यको निकै नजिकसम्म पुगोस् भन्नका लागि अत्यधिक ताप सहन सक्ने सामग्रीमा राखेर विमानलाई सूर्यतर्फ पठाइएको थियो । सूर्यको सतहमा यसले छुन सकेको अवस्थामा त्यसबाट निकै महत्त्वपूर्ण जानकारी पाउन सकिने वैज्ञानिकहरूले बताएका छन् ।

नासाले तीन वर्षअघि यो विमान सूर्यतर्फ पठाएको थियो । विमान प्रतिघण्टा पाँच लाख किलोमिटरको गतिमा सूर्यतर्फ बढ्दा अहिले सूर्यको सतहको सबैभन्दा नजिक पुगेको हो ।

तपाईको प्रतिक्रिया