Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

टोकियो – कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट पहिलो पटक जापानी संक्रमित भएको पुष्टि भएको छ । जापान सरकारले ओमिक्रोनबाट पहिलो जापानी संक्रमित भएको पुष्टि गरेको हो ।

इटालीको यात्रा गरेका ३० वर्षीया ती व्यक्ति बुधबार टोकियोको हानेडा विमानस्थलबाट जापान प्रवेश गरेका थिए । उनी जुलाई र अगस्टमा कोरोनाविरुद्धको खोपको दुई डोज लगाएको व्यक्ति हुन् । प्रधानमन्त्री फुमियो किशिदाले ओमिक्रोन नियन्त्रण र रोकथामका सबै प्रयास गर्ने बताएका छन् । उनले जनताको जीवन रक्षा गर्न द्रुत कदम चाल्ने प्रतिज्ञा गरे ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सोही विमानमा रहेका अन्य ४१ जना यात्रुलाई चिकित्सक निगरानीमा राखिएको छ । जापानमा नोभेम्बर ३० मा ओमिक्रोन भेरियन्टको केस पुष्टि भएको थियो । अहिलेसम्म एक स्वदेशी र दुई जना विदेश गरी ३ जनाको ओमिक्रोन भेरियन्ट भेटिएको सरकारले जनाएको छ । –kyodonews बाट

तपाईको प्रतिक्रिया