Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडाैं – नेकपा एमालेकी सचेतक एवं सांसद शान्ता चौधरीले कक्षा १२ मा उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशन गरेको थियो ।

उनले आफू कानुन विषयमा १२ कक्षा उत्तीर्ण गर्न सफल भएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै उनले १२ कक्षा पास गरेसँगै अध्ययनलाई निरन्तरता दिने बताइन् । ‘मैले पनि कानुन विषयमा १२ कक्षा उत्तीर्ण गर्न सफल भएर खुसीको अनुभूति गर्ने अवसर पाएँ,’ चौधरीले भनेकी छन्, ‘आउने दिनमा अध्ययनलाई थप अगाडि बढाउने छु ।’

शान्ताले आफ्नो शैक्षिक यात्रामा सहयोग गर्नेहरूलाई पनि धन्यवाद दिएकी छन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया