Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

काठमाडाैं – घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो ।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिनअघि श्रीलंका एक जना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ । उनलाई हाल क्वारेन्टाइनमा राखिएको छ । उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ ।

अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए । उनीहरूले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो । यो भाइरस केही दिनमा नै विश्वका विभिन्न देशमा देखिइसहेको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ ।

तपाईको प्रतिक्रिया