टोकियो – जापानले नोभेम्बर २६ तारिखदेखि दैनिक ५ हजारलाई सीमामा प्रवेश अनुमति दिने भएको छ । कोरोनाभाइरस महामारी रोकथामका लागि लगाएको सीमा प्रतिबन्धहरू अब विस्तार खोल्ने भएको हो ।
यसअघि यही महिनादेखि ३ हजार ५ सयलाई अनुमति दिँदै आएको थियो । मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले नियमित पत्रकार सम्मेलनमा भने, ‘सरकारले आफ्नो क्वारेनटाइन प्रणाली र रोग नियन्त्रण उपायहरूको समीक्षा गरेपछि माथिल्लो सीमामा वृद्धि भएको हो । हामी सकारात्मक रूपमा प्रतिबन्धहरू कम गर्न के उपायहरू लिन सकिन्छ भनेर विचार गर्नेछौँ ।’
यस महिनाको सुरुमा, जापानले व्यवसायी, विद्यार्थी र प्राविधिक इन्टर्नहरूलाई प्रवेश अनुमति दिएको थियो । जसमा कोभिड-१९ क्वारेनटाइन अवधि १० दिनबाट घटाएर ३ दिन बनाएको छ ।