बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
पोखरामा बिहानैदेखि बन्दको प्रभाव छ । सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । बजार बन्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।