Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले दक्षिणपन्थी गुटले कब्जा गरेकाले विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् ।

शनिबारबाट शुरु भएको सो पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेको नेतृत्व दक्षिणपन्थी गुटले कब्जा गरेको, गुटवादी क्रियाकलाप सञ्चालन गरेको र पार्टीमा वैचारिक सैद्धान्तिक विचलन भएकाले आफूहरूले विद्रोह गर्नुपरेको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको दाबी गरे ।

‘दुई तिहाइको बहुमत पटक पटक लत्याएको हुनाले, एकीकृत भइसकेको पार्टीलाई उत्प्रेषणको आदेशबाट फुटाउन लगाएकाले, नेपाली क्रान्तिलाई नयाँ चरणमा नयाँ ढंगले पुनर्गठन गरेर आन्दोलनलाई शक्तिशाली बनाउनुपर्ने धारणा राख्दै खनालले ओली नेतृत्वको नेकपा एमाले दक्षिणपन्थी अवसरवादमा फसेको बताए ।

विद्रोह गर्नुपर्ने कारणहरूको व्याख्या गर्दै नेता खनालले यथास्थितिवादका विरुद्ध लड्न, नयाँ सिर्जना,खोज, अग्रगति र क्रान्तिकारी परिवर्तनका लागि नयाँ प्रणाली र पद्धतिको विकासका लागि हुने बताए । ‘यो औचित्यपूर्ण विद्रोह हो । दक्षिणपन्थी अवसरवाद, गुटवादकाविरुद्ध न्यायपूर्ण नेपाली क्रान्तिको आवश्यकता अनुसारको विद्रोह हो’, नेता खनालको भनाइ छ । उनले कहिलेकाहीँ आफैले बनाएका संगठनका विरुद्ध विद्रोह गर्नुपर्ने अवस्था अहिले मात्रै नभई मार्क्स र लेनिनका पालादेखि नै हुँदै आएको बताए ।

ओली नेतृत्वको एमालेमा कम्युनिस्ट चरित्र नै नभएको भन्दै कम्युनिस्ट समूह हुन आधारभूत कुरा हुनुपर्ने बताए । ‘पहिलो मार्क्सवाद लेनिनवाद मान्ने, दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध संघर्ष गर्ने, वैज्ञानिक समाजवादका लागि दृढतापूर्वक पालना गर्ने समूहहरूलाई कम्युनिस्ट समूह मान्नुपर्ने हुन्छ’, खनालको भनाइ छ ।

तपाईको प्रतिक्रिया