Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – जापानमा नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च जापान, नागोयाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । मञ्चले तिहार र छठको अवसरमा शुभकामना आदान-प्रदान विशेष कार्यक्रम गरेको हो ।कार्यक्रममा उपस्थित नेपाली समुदायबिच एक आपसमा शुभकामना आदान-प्रदानसँगै विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कलाकारहरू नरेश राई, रामकुमार राई, मिना शिरिश मगर, विमला मगरलगायतले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।कार्यक्रम प्रवासी नेपाली मञ्च नागोयाका अध्यक्ष रामकुमार थापाको अध्यक्षता तथा ईश्वर थापाको सञ्चालनमा सम्पन्न भएको हो । प्रवासी नेपाली मञ्च नागोयाका सचिव कुमार अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा प्रवासी नेपाली मञ्च, एसिया प्यासिफिकका संयोजक एवं जापानका सचिव समेत रहेका डा सरोज कँडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कँडेलले नेपाल र जापानको वर्तमान समसामयिक विषयमा प्रकाश पारेका थिए ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, जापान शाखाका सल्लाहकार कविकिरण न्यौपाने, नायोया ब्रदशका अध्यक्ष विशाल अधिकारी, प्रवासी नेपाली मञ्च जापानका राष्ट्रिय कमिटी सदस्यहरू कृष्णप्रसाद भुसाल, अर्जुन थापा, स्याङ्जा समाज नागोयाका सचिव मनोज ढुङ्गाना, नागोयाका रेस्टुरेन्ट व्यवसायी प्रेमकुमार राईलगायतले अतिथिको रूपमा शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया