Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडाैं – नेकपा एमालेमा सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले तत्कालीन केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा विकास निर्माणदेखि राष्ट्रियता जोगाउने काम गरेको दाबी गरेका छन् ।

एमाले चाँगुनारायण-८ वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सुडालमा सम्बोधन गर्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले विद्रोह गरेका सिके राउत र विप्लवलाई राष्ट्रिय राजनीतिमा ल्याउने काम गरेको बताए ।

प्रहरीको आइजिपी, मुख्य सचिव, सचिव बनाउन विदेशी दूतावासलाई सोध्ने परम्पराको अन्त्य एमाले नेतृत्वको सरकारले गरेको उनको भनाइ छ । ‘लिपुलेक, कालापानी, लिम्पियाधुरासहित नेपालको नक्सा जारी गर्दै भारतको नेपाल भाइ होइन, समान हैसियत भएको छिमेकी हो भन्ने अवधारणा हामीले जारी गरेका हौँ’ ज्ञवालीले भने ।

विकासको काम र राष्ट्रियता जोगाउन एमाले सरकारले खेलेको भूमिका देखेर काँग्रेस र माओवादी आत्तिएको उनको भनाइ छ । ‘प्रचण्ड र माधव नेपालको सहारा नलिकन काँग्रेस अगाडि बढ्न नसक्ने भएको छ, त्यस कारण उसका कार्यकर्ताहरूमा निराशा छाएको छ,’ ज्ञवालीले भने ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, बागमती प्रदेश कमिटीका सदस्य नवराज गेलाल, सरस्वती बाटी, जिल्ला कमिटीका राजु सुवेदी, नगर कमिटीका अध्यक्ष राम तिमल्सिना, वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो हुने दाबी गरे ।

तपाईको प्रतिक्रिया