Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – आउँदो १० औं महाधिवेशन सफल पार्न मूल व्यवस्थापन समिति गठन गरिसकेको नेकपा एमालेले थप ११ वटा समिति गठन गरेको छ । शुक्रबार बसेको मूल व्यवस्थापन समितिको बैठकले थप ११ समिति गठन गरेको हो ।

योसँगै एमाले महाधिवेशनका लागि गठित समितिको संख्या दर्जन (१२) पुगेको छ । मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकद्वारा गठित थप ११ समिति र संयोजक :-

प्रतिनिधि व्यवस्थापन समिति– विष्णु पौडेल
जनपरिचालन समिति– सुरेन्द्र पाण्डे

प्रचारप्रसार समिति– योगेश भट्टराई

स्वास्थ्य समिति– भानुभक्त ढकाल

आर्थिक समिति– विष्णु रिमाल

मञ्च व्यवस्थापन समिति– शेरबहादुर तामाङ

अतिथि सत्कार समिति– राजन भट्टराई

आवास व्यवस्थापन समिति– कृष्णभक्त पोखरेल

स्वयंसेवक परिचालन समिति– विनोद श्रेष्ठ

यातायात व्यवस्थापन समिति– काशीनाथ अधिकारी

खाद्य व्यवस्थापन समिति– कपिल पोखरेल रपार्वती रावल

रामबहादुर थापाको संयोजकत्वमा यसअघि नै गठित मूल व्यवस्थापन समितिसमेत दर्जन समिति ।

एमाले महाधिवेशन मंसिर (१०-१२) मा चितवनमा हुँदैछ ।

तपाईको प्रतिक्रिया