Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन् । शाही पदवी त्याग्दै माकोले राजपरिवार बाहिरका सर्वसाधारण नागरिकसँग केइ कोमुरोसँग विवाह गरेकी हुन् ।

कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए । जापानको कानुनअनुसार सर्वसाधारण नागरिकसँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन । राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन् । अनि राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरिन् । यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन् ।

नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ । कोमुरो अमेरिकामा वकिल छन् । माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ । केहीले उनीहरूलाई जापानका ह्यारी र मेगनको सङ्ज्ञा दिएका छन् । उनको सम्बन्ध जापानी राजकुमारीसँग भएको घोषणा गरिएपछि कोमुरोलाई पनि मार्कलको जस्तै चियोचर्चो गरिएको थियो ।

राजकुमारी माको मंगलबार स्थानीय समयानुसार बिहान १० बजे टोकियोस्थित आफ्नो निवासबाट विवाह दर्ता गर्न बाहिर निस्किएकी थिइन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर अभिवादन गरेकी थिइन् । दरबारबाट बाहिर निस्किनुअघि उनले आफ्नी बहिनीलाई अँगालो हालेको क्योदोमा प्रकाशित समाचारमा उल्लिखित छ ।

तपाईको प्रतिक्रिया