Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

पछिल्ला केही वर्ष यता देशको राजधानी काठमाडौंसहित देशका प्रमुख शहरमा वायु प्रदुषण बढ्दै गएको छ । जसका कारण विभिन्न रोग र संक्रमणको जोखिम समेत बढेको छ ।

वायु प्रदुषण बढ्दा बाहिर निस्कदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्नेलगायतका समस्या देखा पर्दछन् । यस्तोमा बाहिर निस्कदा अनिवार्य मास्क लगाउने तथा बिना काम बाहिर निस्कनु हुदैँन ।

किन हुन्छ वायु प्रदुषण ?

  • सवारी साधनको अत्याधिक प्रयोग गर्दा
  • फोहोरमैला जथाभावी फाल्दा
  • कलकारखाना नजिकै मानव बस्ती हुँदा
  • पुराना सवारी साधन विस्थापित गर्न नसक्दा
  • किटनाशक औषधिको प्रयोग गर्दा
  • धुँवाधुलोलाई नियन्त्रण गर्न नसक्दा
  • बढ्दो शहरीकरण
  • आगलागीका घटना बढ्दा

स्वास्थ्यमा पार्ने असरहरू

  • एलर्जी
  • रुघाखोकी
  • श्वासप्रश्वास सम्बन्धी संक्रमण
  • फोक्सोमा असर
  • आँखामा असर
  • निमोनिया
  • घाँटीको क्यान्सर आदि

बच्ने उपाय

  • विद्युत शक्ति र सौर्य उर्जाको प्रयोगमा विशेष दिने
  • कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्ने
  • ढल निकासको उचित व्यवस्था गर्ने
  • मानव वस्ती वरीवपरी धुँवाजन्य पदार्थहरु नजलाउने
  • व्यवस्थित शहरीकरणको विकास गर्ने
  • खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने
तपाईको प्रतिक्रिया