टोकियो- जापानी इलेक्ट्रोनिक्स कम्पनी पानासोनिक क्रपले चीनमा रहेका फ्याक्ट्री बन्द गर्ने भएको छ। टापु विवादले चर्को रुप लिँदा जापानविरोधी आन्दोलनकारीले फ्याक्ट्रीमा आक्रमण गरेपछि जापानले कामदारलाई घरमै बस्न भनेको हो।
फ्याक्ट्रीमा क्षति पुगेकाले काम रोक्न परेको हो। मर्मतको काम पूरा भएपछिमात्रै पानासोनिकको कारखाना पहिले झै चल्नेछ। कामदारले नै जापानविरोधी गतिविधि गर्दै कारखानमा आक्रमण गरेपछि उत्पादनका काम रोक्न परेको टोकियोमा रहेका पानासोनिकका प्रवक्ता आत्सुही हिनोकीले बताए।