Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
सोलुखुम्बु– एक मिनेट फोन गरेको शुल्क कति तिर्नुपर्ला ? सहजै अनुमान गर्न सकिन्छ, रु पाँच वा रु सात तर जिल्लाको पर्यटकीय क्षेत्र मेरापिकमा भने एक मिनेट फोन गरेको शुल्क रु १८० देखि रु २०० सम्म तिर्नुपर्छ ।
लामो समयदेखि यस क्षेत्रमा एसटिएम फोन सेवा अवरुद्ध भएपछि सेवाग्राही चर्को मूल्य तिरेर फोन गर्न बाध्य भएका छन् । एसटिएम फोन सेवा अवरुद्ध भएपछि यहाँका सेवाग्राहीले महँगो शुल्क तिरेर थोरिया फोनबाट सेवा लिँदै आएका छन् । जिल्लाको विकट कोसीपारिको गाविस बुङको थाङ्ना, थारे र कोठेमा रहेको एसटिएम फोनमा  १० महिनादेखि स्याटलाइटमा खराबी आएपछि फोनसेवा अवरुद्ध भएको स्थानीय बासिन्दाले बताए ।
फोन अवरुद्ध भएपछि यहाँका होटल व्यवसायी, पर्यटन व्यवसायी र चौँरीपालक तथा कृषकले समस्या भोगिरहेका छन् । यहाँका सरोकारवालाले अवरुद्ध टेलिफोनका बारेमा पटक पटक सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको गुनासो गरे । एसटिएम कम्पनीले भने चाँडै अवरुद्ध फोन मर्मत गर्ने बताएको छ ।
तपाईको प्रतिक्रिया