काठमाडाैं – डाक्टर गोविन्द केसी स्वदेश फर्किएका छन् । करिब तीन महिना यमनका अस्पतालहरूमा सेवा प्रदान गरी केसी मंगलबार नेपाल फर्किएका हुन् । केसीका मिडिया संयोजक प्रितम सुवेदीले फेसबुकमा स्टाटस हाली केसी स्वदेश फर्किएको जानकारी दिएका हुन् ।
नेपालमा कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका थिए । यमनमा वर्षाैँदेखि गृहयुद्ध चलिरहेकाे छ ।