काठमाडौं – कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा जुटीरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न एक व्यवसायिक प्रतिष्ठान अगाडी आएको छ । काठमाडौंमा रहेको कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजले एक करोड रुपैयाँ स्वास्थ्यकर्मीहरुलाई सम्मान पुरस्कृत गर्न दिने भएको हो ।
इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १०० जना स्वास्थ्यकर्मीहरुलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताए ।
कोरोना संक्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफुहरुले सहयोग गर्न अगाडी आएको अध्यक्ष घिमिरेकी सुपुत्री अदिती घिमिरेले जानकारी दिए । स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ ।