काठमाडौं – नेपालको कोरोना संक्रमणको दोस्रो लहरले सबै भन्दा बढी संक्रिय उमेर समूहकालाई नै आक्रमण गरेको छ । पछिल्लो २४ घण्टामा थपिएका कुल पिसिआर विधिबाट गरिएको परीक्षणको संक्रमण पुष्टि हुने मध्ये ६२ प्रतिशत भन्दा बढी २० देखि ५० वर्ष सम्म रहेका छन् ।
पिसिआर परीक्षणबाट ४१७८ जनामा संक्रमण पुष्टि भएका मध्ये २० वर्षदेखि माथि ५० वर्षसम्मको संख्या २५९१ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा पनि सबैभन्दा धेरै २० देखि ४० वर्षसम्मका मात्रै १९१२ जना छन् । जसमा ३१ वर्षदेखि ४० वर्षसम्मका १००० जना र २१ देखि २० वर्षसम्मका ९१२ जनामा संक्रमण पुष्टि भएको छ ।
१० देखि २० वर्ष उमेर समूहका ३८५ जनामा संक्रमण पुष्टि हुँदा १० वर्षसम्मका १२२ बालबालिका पनि संक्रमणको शिकार भएका छन् । उमेर समूह अन्तर्गत हेर्दा सबै भन्दा कम ८० वर्षमाथिका ७६ जना रहेका छन् ।