Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने भएको छ । ३० तारिखमा तिब्बतबाट नेपाल आउन लागेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले बाँकी ८ लाख डोज २ तारिखसम्ममा ल्याइने बताए । ज्ञवाली भन्छन्, ‘३० तारिखमा तिब्बतबाट २ लाख डोज आउँछ । बाँकी ८ लाख डोज २ तारिखमा हामी आफै ल्याउँछौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेको थियो । चीनले यसअघि पनि ८ लाख डोज भेरोसल खोप अनुदानमा दिएको थियो ।

चीनले खोपसँगै अन्य स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । यसअघि चीनले २० हजार अक्सिजन सिलिन्डर, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया