Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि अहिलेसम्म पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पिसिआर किट, एक्स्ट्राक्सन किट, भाइरलट्रान्सपोर्ट मिडिया (भिटिएम), एन्टिजेन किट, मास्क, गाउन, सर्जिकल पन्जा, अक्सिजन प्रणाली सुदृढीकरण, आइसियू, एचडियू तथा औषधि उपकरणहरूको व्यवस्थापन, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालनलगायतका लागि मन्त्रालयमार्फत सो रकम खर्च भएको जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रम र एचडियूका लागि दुई अर्ब ५४ करोड ५८ लाख भुक्तानी हुन बाँकी रहेको बताए । कोभिड-१९ को द्रुत कार्य योजनाका आधारमा खोपलगायत निदान र उपचार व्यवस्थापनका लागि १४ अर्ब स्रोत सुनिश्चित भएको मन्त्री त्रिपाठीले बताए ।

तपाईको प्रतिक्रिया