Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – स्वास्थ्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर परीक्षणका लागि घरमै आएर स्वाब संकलन गर्नका लागि मापदण्ड जारी गरेको छ । प्रयोगशालाले घरमै पिसिआर परीक्षणका लागि नमूना संकलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ जारी गरेको हो ।

अब पिसिआर परीक्षणका लागि अस्पताल वा प्रयोगशाला पुगिरहनु नपर्ने भएको छ । यस मापदण्ड जारी भएपछि कुनै बिरामी वा व्यक्तिले चाहेमा स्वास्थ्यकर्मीहरु घरमै आएर स्वाब संकलन गर्नेछन् । घरमै आएर स्वाब संकलन गर्दा ५०० शुल्क लिन पाउने गरी केन्द्रीय प्रयोगशालाले मापदण्ड जारी गरेको हो ।

अहिले सरकारी प्रयोगशालाले १ हजार र निजी प्रयोगशालाले २ हजार रुपैयाँ लिएर पिसिआर परीक्षण गर्दै आएका छन् । पिसिआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट स्वास्थ्यकर्मी स्वयं घर पुगेर बिरामीको पिसिआर परीक्षणका लागि नमूना गर्नसक्ने मापदण्डमा उल्लेख छ ।

प्रयोगशालाले घरमा गएर स्वाब संकलन गर्दा सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना संकलन भएको स्थान र समय खुल्ने गरी फारममा भर्नुपर्ने मापदण्डमा भनिएको छ ।

तपाईको प्रतिक्रिया