काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६५९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पिसिआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
एकै दिन यति धेरै संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या नै ६६ हजार ३ सय ५२ पुगेको छ ।