Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप सोमबार(हिजो) छैटौँ दिन एक लाख १३ हजार १७५ व्यक्तिले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा छ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा सात हजार ८५७ जनालाई खोप दिइएको छ ।

पहिलो चरणको खोप लगाउन अब चार दिन मात्र बाँकी भएकोले सूचीकृत सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया