Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – विश्वविख्यात जापानीज टोयोटा मोटर कर्पोरेसन ग्रुप पाँच वर्ष पछि २०२० मा फेरी विश्वको सबैभन्दा धेरै बिक्रि हुने अटो निर्माता कम्पनी बन्न सफल भएको छ । २०२० मा टोयोटाले भोक्स-वागेन कम्पनीलाई पछाडि पार्दै कार बिक्रीमा अग्र स्थान हासिल गरेको हो ।

केही वर्ष अघि विश्वव्यापी रुपमा नै पछि परेको भनिएको टोयोटा कम्पनीले २०२० मा ९५ लाख बढी युनिट कार बिक्री गरेको बताइएको छ । यद्यपि कम्पनी अनुसार यो मात्रा भने अघिल्लो वर्षको तुलनामा कोरोना महामारीको कारण दश प्रतिशतले घटेको हो ।

सन् २००८ देखि २०१० सम्म विश्वको सबैभन्दा ठूलो कार उत्पादक एवम् बिक्री वितरण गर्ने कम्पनीका रुपमा रही आएको थियो । तर सन् २०११ को मार्च ११ मा जापानमा आएको सुनामी र भूकम्पका कारण जापानले निकै ठूलो आर्थिक क्षति व्यहोरेको थियो ।

सोही कारणले जापानका सबै अटो उत्पादन र बिक्री वितरण पनि प्रभावित भएका थिए । यसका कारण टोयोटा कम्पनीका जापान बाहिरका उत्पादन पनि प्रभावित भएका थिए । र सो कम्पनीले उक्त स्थान गुमाउन पुगेको थियो ।

पछिल्लो समय टोयोटा सन् २०१५ मा शीर्ष स्थानमा थियो ।

बजार मूल्यको आधारमा यो कम्पनी अहिले संसारकै सबैभन्दा ठूलो कम्पनी हो जसको पुँजी २०३ अर्ब डलर छ ।

यो कम्पनीले एक घण्टामा करिब १० लाख डलर बराबर रकम मोटरमा अझ नयाँ के गर्न सकिन्छ भन्ने अनुसन्धानमा खर्च गर्छ ।

यो कम्पनीको नाम यसका संस्थापक इचिरो टोयोडको नामबाट राखिएको हो ।

टोयोटाका उत्पादन सबैभन्दा लामो समयसम्म चल्ने मोटरका रूपमा चिनिएका छन् । सन् १९५७ मा अमेरिकी बजारमा प्रवेश गरेको टोयोटाका केही मोटर कार अझै चालु हालतमा रहेको दाबी गरिन्छ ।

तपाईको प्रतिक्रिया