Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – कोभिड-१९ विरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु हुने भएको छ । पहिलो चरणमा भारतले अनुदान स्वरुप दिइएको १० लाख डोज खोपबाट पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने छ ।

भारतले अनुदान सहयोग उपलब्ध गराएको खोप प्रतिव्यक्ति २ डोज दिनुपर्छ । माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ६२ अस्पताल तथा १२० खोप केन्द्रमा भर्चुअल विधिबाट उद्घाटन गर्नेछन् । खोप अभियान अन्तर्गत १८ गतेसम्म ३ सय खोप केन्द्र सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।

पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न गर्ने उनले जानकारी दिए । यसरी पहिलो डोल खोप लगाएको ४ हप्तापछि अर्को डोज दिनुपर्ने हुन्छ । खोप लगाउनेहरुको नाम स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्य कार्यालयले सार्वजनिक गर्ने र जिल्ला कोभिड-१९ खोप समन्वय तथा अनुगमन समितले अनुगमन गर्ने मन्त्री त्रिपाठीले जानकारी दिए ।

पहिलो चरणमा फोहर मैला व्यवस्थापक तथा सरसफाइकर्मी, एम्वुलेन्स/शवबहान चालक र सहचालकहरु, प्रत्यक्ष सेवा दिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीहरु तथा स्वंमसेवक, महिला स्वास्थ्य स्वंमसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिएका स्वास्थ्र्यकर्मी तथा सुरक्षाकर्मीहरु, वृद्धाश्रमहरुमा खटिएका कर्मचारी, जेलमा रहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ ।

स्वास्थ्य मन्त्री त्रिपाठीले पहिलो चरणको खोप अभियान सम्पन्न भइसकेसँगै नेपालमा दोस्रो खेप पनि आइपुग्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया