टोकियो – जापानमा आउँदो मे महिनाबाट सर्वसाधारणका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने संभावना
देखिएको छ ।
प्रधानमन्त्री योसिहिदे सुगाले मे महिना तिरबाट सर्वसाधारणका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका हुन् ।
यसै सिलसिलामा मुख्य क्याबिनेट सचिव कातोले जापानमा खोप स्वीकृत नभएसम्म खोप तालिका बारे औपचारिक रुपमा कुनै मिति भन्न नसकिने बताएका छन् ।
जापान सरकारले भने अर्को महिनाको अन्त्यसम्ममा नागरिकहरुलाई खोप अभियान सुरु गर्ने तयारी गरिरहेको छ । जानकारी अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, वृद्धवृद्धा र कर्मचारीहरुलाई खोप लगाइने र त्यसपछि सबै सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने योजना रहेको छ ।