Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमार्फत विश्वका १३ देश र टापु कोरोनामुक्त भइसकेको घोषणा गरेको छ । विश्वका धेरै देशमा कोरोना संक्रमण रोकथामका लागि खोप लगाउन शुरु भइसकेको छ ।

तर त्यहाँ सावधानी अझै आवश्यक छ । कोरोनमुक्त भएका देश कुन-कुन भन्ने चाहिँ समाचारमा उल्लेख गरिएको छैन । तर चिन्ताको विषय के हो भने विश्वका १३१ मुलुकमा कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेको छ ।

जसमा अमेरिका, पाकिस्तान, ब्राजिल, फ्रान्सजस्ता ठूला देश पर्छन् । भारत अहिलेसम्म क्लस्टर तहसम्म संक्रमण फैलिएको मुलुकमा पर्छ । यसको अर्थ अब भारतमा पनि समुदायस्तमा संक्रमण फैलिने चरणमा छ । –एजेन्सी

तपाईको प्रतिक्रिया