Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – चीनको पूर्वी क्षेत्रमा उत्पादित गरिएको आइसक्रिममा कोरोनाभाइरस (कोभिड-१९) को जीवाणु फेला परेको छ । आइसक्रिममा भाइरस भेटिएपछि चीनको टियानजिनमा डाकिओदाओ फुड कम्पनीलाई सिल गरिएको र कर्मचारीको परीक्षण गरिएको सरकारी निकायले पुष्टि गरेको छ ।

अहिलेसम्म सो आइसक्रिमबाट कोही पनि संक्रमित भएको प्रमाण भने फेला नपरेको सरकारी जाँच निकायले जनाएको छ । सो सम्बन्धमा जारी विज्ञप्तिमा कोरोना भाइरस फेला परेको आइसक्रिमको ब्याचमा २९ हजार बढी डिब्बा आइसक्रिम अझै बेच्न बाँकी रहेको उल्लेख छ ।

टियानजिनमा ३९० बाकस बिक्रि भएकोमा सबैलाई ट्र्याक गरिरहेको छ र अन्यत्रका अधिकारीहरूलाई उनीहरूको इलाकामा सो सम्बन्धमा सूचना दिइएका चिनिउाँ अधिकारीले जानएका छन् । आइसक्रिमको कच्चापदार्थ न्युजील्याण्ड तथा युक्रेनबाट आयत गरिएको सरकारी निकायले पुष्टि गरेको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया