Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरसबाट जापान पनि अछुत रहन सकेन । जसले गर्दा राज्यको हरेक क्षेत्रमा नकारात्मक असर परिरहेको र यस महामारीको अवस्थाबाट कसरी जनजीवनलाई सामान्य जीवनमा फर्काउने भन्ने व्यापक चिन्ता र चासो एकातर्फ रहेको छ भने अर्काेतर्फ यस महामारीसँग लड्नको लागि अवलम्बन गर्ने विभिन्न नीति एवं निर्णयहरुविधिसम्मत तवरले कानूनी शासनको अवधारणमा आधारित भएर गर्नु पर्ने बाध्यता जापान सरकारमा रहेको छ ।

हाल जापानमा महामारीलाई दृष्टिगत गरी संक्रमण रोग कसरी रोकथाम, न्यूनीकरण वा निर्मूल गर्ने भन्ने सन्दर्भमा स्पष्ट कानूनी व्यवस्था भएको छैन । अधिकारी अनुसार अहिले सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न आवश्यक कारबाही गर्न आपराधिक दण्ड नीति ल्याउने विचार गरिरहेको छ ।

अधिकारीले संक्रामक रोग कानून संशोधनमा कोरोना वा कुनै संक्रामक रोगहरूको बिरामी अस्पतालमा भर्ना हुन अस्वीकार गरेमा; संक्रमणको मार्ग पत्ता लगाउनको लागि स्थानीय जनस्वास्थ्य केन्द्रहरूद्वारा सञ्चालन हुने अनुसन्धानलाई अस्वीकार गरेमा; हल्का वा कुनै लक्षण नभएका संक्रमित आफ्नो घर वा अन्य उपचार स्थान छोडेर बाहिर हिडेमा जस्ता कसैले कसैको ज्यानलाई खतरा पुर्‍याउन सक्ने गतिबिधि गर्नेका लागी आपराधिक सजाय निर्धारण गरिनु पर्ने सुझाव समावेश हुने बताएका छन् ।

तत्काल विद्यमान महामारी रोकथाम, नियन्त्रण एवं निर्मूल गर्ने सन्दर्भमा विधान तयार गरी संसदको साधारण सत्रमा पेश गरिने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया