काठमाडौं – अमेरिकी औषधि कम्पनि मोडर्नाको कोरोना खोपलाई बेलायतले स्विकृती दिएको छ ।
यसका साथै बेलायतले यो खोपको एक करोड डोजको अर्डर समेत दिइसकेको छ ।
यसअघि फाइजर तथा अक्सफोर्डको खोपको प्रयोग प्रारम्भ भैसकेको छ ।
बेलायतको ब्रिटेन मेडिकल रेगुलेटरले हिजो शुक्रवार यो कुराको जानकारी दिएको हो ।
मोडर्नाको खोपको एफिकेसी रेट ९४ दशमलव १ प्रतिशत आएको थियो ।
खोप लिएपछि बिरामीहरुलाई ज्वरो, टाउको दुखाइ तथा थकान जस्ता समस्या देखिएका थिए, तर यसलाई धेरै हानिकारक मानिएको छैन ।
बेलायतमा अहिलेसम्म १२ लाख ९६ हजार ४ सय ३२ जना मानिसहरुले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
ती मध्ये २१ हजार ३ सय १३ मानिसहरु त्यस्ता छन्, जसले खोपको दुबै डोज लगाइसकेका छन् ।