Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपाल स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले हिजो(बुधवार्) राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई भेट गरेर भारत सरकारको सहयोगमा निर्माण भइरहेका विभिन्न पुनर्निर्माण परियोजनाबारे छलफल गरेकी छन् ।

भेटका क्रममा खम्पाले नेपालमा भूकम्प प्रभावित शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि नेरु ३०.६६ करोड बराबरको चेक हस्तान्तरण गरेको दूतावासले जनाएको छ । सो चेकको हस्तान्तरणसँगै भारतले शिक्षा क्षेत्र पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई नेरु ८१.९८ करोड रकम सोधभर्ना गरेको छ ।

नेपालमा शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान सहयोग कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन लगायत ७१ वटा परियोजनाको सञ्चालन हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया