Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले संसद विघटन गर्ने कार्यलाई बेमौसमी बाजाको संज्ञा दिए।

अध्यक्ष केसीले सत्तारुढ दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद विघटन भएको भन्दै पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका हुन्।

उनले दक्षिणी मुलुक (भारत)ले नेपालमा अस्थिरता सिर्जना गर्न पटक–पटक गरेको प्रयास स्वरुप संसद विघटन भएको आरोप पनि लगाए। विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गरी संघीयता खारेज गर्नुपर्नेमा केसीले जोड दिए।

यस्तै उनले एमसीसी कुनैपनि हालतमा नेपालको हितमा नरहेको दाबी गरे।

बिहीबार दाङको घोराहीमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्न केसी दाङ आएका हुन्।

तपाईको प्रतिक्रिया