काठमाडौं – विश्वकै लोकप्रिय म्यासेजिङ एप हो, फेसबुक म्यासेन्जर । बेलाबेला म्यासेन्जरमा आउने नयाँ फिचरले प्रयोगकर्तालाई लोभ्याउने गर्छ । फेसबुकका अनुसार यसमा रहेको इण्ड-टु-इण्ड इन्क्रिप्सनले च्याटलाई सुरक्षा प्रदान गर्छ ।
यसैबीच केही समययता फेसबुकले आफ्नो म्यासेन्जर एपमा सेक्रेट कन्भर्सेसन गर्ने सुविधा प्रदान गरिरहेकाे छ । धेरैले याे फिचर मन पराएका छन् । याे फिचरकाे विशेषता भनेकै कुनै पनि म्यासेज पढिसकेपछि आफैं हराएर जान्छ ।
तर तपाईंले सामान्य च्याट बक्समा यो फिचर प्रयोग गर्न सक्नुहुन्न । सेक्रेट कन्भर्सेसनभित्रको यो छुट्टै च्याट प्यानल हो, जसमा केही अतिरिक्त अप्सनहरु पनि छन् ।
यस किसिमको मेटिने म्यासेज पठाउन तपाईंले आफ्नो म्यासेन्जरमा केही सेटिङ मिलाउनुपर्ने हुन्छ ।
१. सबैभन्दा पहिले फाेनमा रहेकाे म्यासेन्जर एपलाई अपडेट गर्नुहोस् ।
२. अब च्याट गर्ने साथीकाे नाम सर्च गरेर च्याट बक्समा जानुहाेस् ।
३. स्मार्टफाेनबाट हुनुहुन्छ भने माथिपट्टि दायाँतर्फ रहेकाे अप्सनमा क्लिक गर्नुहाेस् र ‘गाे टु सेक्रेट कन्भर्सेसन’ अप्सनमा जानुहाेस् ।
४. अब एउटा च्याट प्यानल खोलिन्छ । त्यहाँ म्यासेज टाइप गर्नुहोस् ।
५. टाइप गर्ने ठाउँमा ‘टाइमर’ सेट गर्ने अप्सन हुन्छ । कति समयपछि म्यासेज स्वतः डिलिट हटाेस् भन्ने चाहनुहुन्छ, त्याे सेट गर्नुहाेस् ।
६. अब साथीले म्यासेज पढेपछि तपाईंले सेट गरेको समयभित्र स्वत: डिलिट हुन्छ ।