Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले विश्वभरका सबैजसो व्यापार/व्यवसाय तहसनहस बनायो।

विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि कोभिड-१९ ले निम्त्याएको महामारीका कारण धेरै जसो व्यवसाय आर्थिक संकटमा गुज्रिरहेका छन्।

पर्यटन, उद्योग लगायतका विभिन्न प्रकारका उद्योग/व्यवसायका लगानीकर्ताले ती व्यवसायबाट हात धोइरहेका छन्। यतिमात्रै नभई व्यापारमै लागेका व्यापारीले पनि सटर खाली गरेर बाटो लागिसकेका छन्।

तर, यही समयमा नेपालमा मोबाइल फोनको व्यापार भने वृद्धि भएकाे छ। पर्यटन, होटल, एयरलाइन्स, ट्रेकिङलगायतका दजर्नौ व्यवसायले चरम आर्थिक समस्या व्यहोरिरहेको समयमा मोबाइल व्यापारलाई भने महामारी फापेको देखिन्छ।

व्यापारमा कुनै असर नपरी माग बढेका कारण पाँच महिनाको अवधि मै विदेशबाट नेपालमा अर्बौंको मोबाइल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्यांकअनुसार नेपालमा १७ अर्ब ६४ करोड रूपैयाँको मोबाइल फोन भित्रिएको छ।

जुन, गत आर्थिक वर्षको यही अवधिको तुलनामा सात अर्ब २८ करोड रूपैयाँले बढी हो। गत आर्थिक वर्ष २०७६/७७ को मंसिरसम्ममा नेपालमा जम्मा १० अर्ब ३६ करोडको मोबाइल भित्रिएको थियो।

महामारीले उचाल्यो मोबाइलको व्यापार

कोरोना भाइरसको महामारीको समयमा व्यापार घट्दा सबैजसो वस्तुको आयातमा गिरावट आइरहेको छ। तर, महामारीका कारण मोबाइलको व्यापार बढ्दो अवस्थामा छ।

खासगरी, महामारीको समयमा धेरै कम्पनीहरुले ‘वर्क फ्रम होम’ को रणनीति अपनाए। घरमा बसेर काम गर्दा दैनिकरूपमा हुने अफिसको गतिविधि घरबाटै भर्चुअल मिटिङमार्फत् गर्नुपर्ने भयो।

फलस्वरुपः मोबाइल वा ल्यापटपको अनिवार्य आवश्यक्ता पर्न थाल्यो। तर, ल्यापटपको तुलनामा मोबाइलको मूल्य सस्तो पर्ने हुनाले धेरैको रोजाइमा मोबाइल पर्न थाल्यो।

सोहीकारण, मोबाइलको माग बढेको मोबाइल वितरक संघका अध्यक्ष जगत साउदले जानकारी दिए। उनले भने, “सबैले घरबाटै काम गर्दा भर्चुअल बैठक हुन थाल्यो, जसले मोबाइलको माग बढायो।”

यतिमात्रै नभई लकडाउन र निषेधाज्ञाको समयमै स्कुल तथा कलेजहरूले अनलाईनमार्फत् कक्षा सुरु गरे। जसले देशभरका लाखौं विद्यार्थीलाई अनिवार्यरूपमा मोबाइल आवश्यक पर्न थाल्यो।

साउदले भने, “यही कारणले मोबाइलको मागमा निरन्तर वृद्धि भयो। माग बढेपछि व्यापारीहरुले त्यसलाई पूर्ति गर्न विदेशबाट मोबाइल ल्याउँदा आयातको तथ्यांक बढेको हो।”

यस्तै, मोबाइल आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले महामारीका कारण मोबाइलमा हुने तस्करी घट्दा आयात बढेको बताए।

उनले भने, “हरेक वर्षमा ४० प्रतिशत मोबाइल अवैधमार्गबाट मोबाइल भित्रिने गरेको थियो। तस्करहरूले भारतबाट खुला सिमानाको दुरुपयोग गर्दै र दुबईबाट आउने नेपाली कामदारहरूमार्फत् अवैधरूपमा मोबाइल ल्याउँथे।”

तर, महामारीको समयमा दुबई-नेपाल सीधा उडानमा रोक लाग्नु तथा नेपाल–भारत सीमा बन्द भएकाले तस्करी गर्न नपाउँदा वैध मार्गबाट पैठारी बढेको उनको तर्क छ।

तपाईको प्रतिक्रिया