Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौँ – फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ ।

यस्तो व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी हुन भने बाँकी छ । निर्देशन जारी भएपछि अमेरिकी डलरको खाता नहुने सर्वसाधारणले पनि नेपालबाटै डलरमा विदेशमा भुक्तानी गर्न पाउनेछन् ।

‘बैंक तथा वित्तीय संस्था एवं विप्रेषण सेवा प्रदायक कम्पनीले विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण भित्र्याउन सक्ने र नेपालमा भुक्तानी सेवा प्रदायक संस्थाबाट विद्युतीय भुक्तानी उपकरण (मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड, वालेट आदि) मार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारणले वाणिज्य बैंकमा गएर डलरको प्रिपेड कार्ड लिन सक्नेछन् । सोही कार्डमार्फत राष्ट्र बैंकले तोकेको सीमासम्म विदेशमा डलरमा भुक्तानी गर्न सक्नेछन् ।

सर्वसाधारणलाई उपभोग्य वस्तुको भुक्तानी डलरमा गर्न नदिने राष्ट्र बैंकको तयारी छ । तर सामाजिक सञ्जालमा विज्ञापन गर्न, मनोरञ्जनात्मक साइट हेर्न, प्राविधिक सामग्री खरिद गर्नलगायतको भुक्तानी गर्न पाइनेछ ।

 

कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया