काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा २५७१ जनामा कोरोना देखिएको हो ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९७०२४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै ९६७ जना क्वारेन्टिनमा रहेका छन् ।
त्यस्तै आज कोरोना संक्रमण निको हुने संक्रमितको संख्या १७९८ जना रहेको छ । यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १५९७२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।