Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौँ – नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो ।

गत वर्ष प्यूठानको विकट ठाउँमा क्षयरोगी पत्ता लगाउन नमूना संकलनका लागि बनाइएको उक्त ड्रोनले अमेरिकाको ह्युम्यानिटेरियन अवार्ड –२०२० जितेको हो ।

अमेरिकाको दि एशोसिएशन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनलले प्रत्येक वर्ष गर्ने ह्युमानिटेरियन अवार्ड जितेको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले बताए । यो अवार्डको पुरस्कार राशी ५ हजार अमेरिकी डलर रहेको छ ।

अवार्डका लागि नेपालसहित ६ ओटा देश छनौट सूचिमा परेका थिए ।

तपाईको प्रतिक्रिया