Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको एउटा नयाँ खोपको उत्पादन सुरु गरेको जनाएको छ । यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत्‌ जानकारी गराएको छ ।

द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणले विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू खोप लगाउन तयार नरहेको देखाएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका थिए । विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ । रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो ।

दुई दिनअघि रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताहरूलाई “एकदमै आधारहीन” भनेको थियो । गत मङ्गलवार रुसी नियामकले देशमै विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको जनाएको थियो ।

तपाईको प्रतिक्रिया