Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको कोरोना परीक्षणमा १५ जनामा पोजिटिभ देखिएको छ । आयोगका १ सय ८० कर्मचारीको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो । ‘संक्रमण देखिएका १५ जनामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर हुन्,’ आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीले भने– ‘प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको छ ।’

अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।

तपाईको प्रतिक्रिया