Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – कोरोना संक्रमण लगातार फैलिरहेको कारण गुगलले संसारभरीका आफ्नो कर्मचारीहरुलाई घरबाट काम (वर्क फ्रम होम) गर्ने व्यवस्था गरेको छ । कम्पनीले यस सेवा आउँदो वर्षको जुनसम्म जारी राख्ने निर्णय गरेको छ ।

गुगल र यसका मुख्य कम्पनी अल्फाबेटका विश्वभरी नियमित र साझेदारी गरी दुई लाख भन्दा धेरै कर्मचारी रहेका छन् । गुगलका प्रमुख सुन्दर पिचाईले सबै कर्मचारीलाई एक ईमेल जारी गरेका छन्- ‘कर्मचारीहरुलाई आउँदो योजना तयार गर्नको लागि अवसर दिदै हामी पुरै विश्वभरीमा रहेका आफ्नो कर्मचारीलाई घरबाट काम गर्ने विकल्प प्रदान गर्दै छौं र सन् २०२१ को जुन महिना सम्म यो लागु हुनेछ ।’

तबसम्म उनीहरुलाई कार्यालय जान आवस्यकता नभएको बताइएको छ । पिचाईले हालै भारतमा ७५ हजार करोड रुपैयाको योजना सार्वजनिक गरेका थिए, जसमा अघिल्लो सात वर्षमा भारतीय अर्थव्यवस्थालाई डिजिटल बनाउने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया